एजेन्सी, ९ जेठ। अर्जेन्टिनाले छिटो र सस्तो खालको कोरोना भाइरस परीक्षणको विकास गर्दैछ । त्यहाँको वैज्ञानिकहरुले नियोकिट–कोभिड–१९ नामक परीक्षण किटको विकास गर्दैछन् । यसबाट २ घन्टा भन्दा कम समयमै भाइरस पत्ता लाग्ने विकासकर्ताहरुले बताएका छन् ।
किटको लागत अति नै कम करीब ८ डलर जति हुन आउने र परीक्षण गर्न लाग्ने समय र तरिकाका कारण पनि यो सरल भएको पाब्लो कासारा फाउन्डेशनमा महामारीविज्ञ रहेका सान्टागो वेर्बाजको भनाइ छ ।
यसलाई बहिरंगको आधारमा धेरै जनामा परीक्षण गर्न सकिने उनले बताएका छन् ।