कैलाली, ८ जेठ । भारतीय भूमिमा रोकिएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ । लामो समय सीमा क्षेत्रको भारतीय भूमिमा रोकिएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो ।
बुधबार स्वास्थ्य परीक्षण नगरी उनीहरूलाइ स्वदेश फर्किन दिइएको हाे । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन ।
उनीहरुको सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण गरिएको छैन । गौरीफन्टा नाकामा अलपत्र परेका थिए । जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाएको हो ।
बुधबार दिउँसो २ बजेदेखि उद्धार सुरु गरिएको साँझसम्म ८ सय ५८ जनाको उद्धार हो ।