अमेरिकामा धेरै कोरोना संक्रमित भेटिनु सम्मानको कुरा हाे : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

अमेरिकामा धेरै कोरोना संक्रमित भेटिनु सम्मानको कुरा हाे : ट्रम्प

Donald Trump

एजेन्सि, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिनु सम्मानको कुरा भएको टिप्पणी गर्नु भएको छ । कोरोना महामारी सुरू भएपछि बसेको पहिलो मन्त्रीपरिषद्को बैठकमा राष्ट्रपति ट्रम्पले अमेरिकामा धेरै संक्रमित भेटिएकोले परीक्षण विश्वमै सबैभन्दा राम्रो भएको पुष्टि हुने तर्कगर्दै यसलाई सम्मानको पदकका रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

अमेरिका संंक्रमित संख्यामा अगाडि रहनुमा धेरै र राम्रो परीक्षण नै प्रुमुख कारण भएको राष्ट्रपति ट्रम्पको भनाइ छ । अमेरिकामा अहिलेसम्म १२ करोड ६४ लाख जनाको कोरोना भाइरस परीक्षण भएको छ । ट्रम्पको उक्त टिप्पणीको विपक्षी डेमोक्य्राटिक नेशनल कमिटीले आलोचना गरेको छ ।

अमेरिकामा धेरै संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता भएको डेमोक्य्राटिक नेशनल कमिटीले उल्लेख गरेको छ । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख ७० हजार भन्दा बढी पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);