काठमाडौ , जेठ ७ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ टोखामा बस्दै आएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको बिहीबार कोरोनाबाट मृत्यु भएको हो । ९ दिने सुत्केरी समेत रहेकी ती महिलालाई कोरोनाले २९ वर्षमै ज्यान लियो । कोरोनाका कारण ९ दिनमा आमा गुमाएको शिशुको पालनपोषणका लागि भन्दै पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सहयोग गर्नुभएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीलाई स्थानीय अस्पतालमा उपचार नभएपछि धुलीखेल रिफर गरिएको थियो । धुलीखेल ल्याउदै गर्दा सुत्केरीको यही जेष्ठ १ गते मृत्यु भएको हो । गत वैशाख २४ गते शिक्षण अस्पतालमा उनले शिशुलाई जन्म दिएकी थिइन् ।
शिशुको स्वास्थ्य अवस्था राम्रो भएपनि परिवारको आर्थिक अवस्था निकै कमजोर छ । विपत्तिको बेला सरकारले राहत लगायतका अत्यावश्कीय सेवा उपलब्ध गराउने भन्दै आएको छ । कोरोनाको कारण मृत्यु भएकालाई पनि सरकारले सहयोग गर्ने बताउदै आएको छ । रोग र भोकले कुनै पनि नेपाली नागरिक मर्नुनपर्ने सरकारले दोहो¥याउदै आएको छ ।
महामारीको विपत्तिको बेला परोपकारी हातहरु अघि बढ्नुपर्छ । विपत्तिमा परेकाहरुको सबैको सहयोग र साथमा उद्दार गर्न सक्नुपर्छ, विपत्तिमा पूर्व मन्त्री बस्नेतले परोपकारको कार्य बढाउनु भएको हो । यस्तै परोपकार कार्य अन्य समाजका अगुवाहरुले पनि अघि बढाउन सकेमा ती शिशुको लालनपालन र भविष्य सुन्दर बनाउन सकिनेथियो कि ?