धादिङ, ६ जेठ । धादिङको जुगेखोला क्षेत्र सिल गरिएको छ । धादिङको थाक्रे गाउँपालिका–८ जुगेखोलाका एक पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा सिल गरिएको छ ।
मंगलबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।