एजेन्सी, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्क्क्लिोरोक्विन सेवन गरिरहेको भनेका छन् । उनले कोरोनाभाइरसको संक्रमणबाट बच्न आफूले हाइड्रोक्क्क्लिोरोक्विन औषधि सेवन गरिरहेको बताएका हुन् ।
हाइड्रोक्क्क्लिोरोक्विन औषधि मलेरियाको उपचारमा प्रयोग हुन्छ । यो औषधि कोरोनालाई उपयोगी छ वा छैन भन्ने प्रमाणित भने भइसकेको छैन ।
गत महिना मेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यो औषधि सेवनबाट कोरोना संक्रमित बिरामीलाई हृदयघातको सम्भावना हुन सक्ने चेतावनी दिएको थियो ।