बिनिता के. सी.
काठमाडौं, ४ जेठ । कोरोनाविरुद्ध पहिलो लाइनमा स्वास्थ्यकर्मी र दोश्रो लाइनमा सुरक्षाकर्मी भिडिरहेका छन् । दोश्रो लाइनमा भिडिरहेका सुरक्षाकर्मीलाई सुरक्षा कवज अनिवार्य हो र हुनैपर्छ तर, यतिबेला कोरोनासंग भिड्ने सुरक्षाकर्मी विना सेफ्टी काम गर्न बाध्य छन् ।
सरकारले कोरोनाको नाममा अढाइ अर्ब खर्चिएको बताएपनि सडक, अस्पताल लगायत क्षेत्रमा खट्ने सुरक्षाकर्मी सामान्य मास्कको भरमा भिडिरहेका छन् । सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम ट्राफिक र जनपद प्रहरीले गरिरहेका छन् । सुरक्षाकर्मीहरु यी सडकमा अत्यावश्क सवारी, एम्बुलेन्स, मालबाहक गाडीको निगरानी हो ।
अस्पतालका आइसोलेसन, क्वारेन्टाइनमा पनि सुरक्षाकर्मी खटिरहेका छन् । एम्बुलेन्सदेखि मालबाहक ढुवानी गाडी चेकजाँच गर्नुपर्ने हुन्छ, उनीहरु गरिरहेको पनि यही हो । तर, सुरक्षाकवजको अभावमा कार्य क्षेत्रमा खटिदाँ जोखिम अत्याधिक छ ।