काठमाडौं, २ जेठ । सत्तारुढ नेकपाले सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज सचिवालय बैठक बसेको थियो । बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ ।
नेकपा स्थायी कमिटी बैठक यसअघि दुई पटक बोलाएर स्थगित भएको थियो ।