थप नौ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

थप नौ जनामा कोरोना पुष्टि

health

काठमाडौं, २ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय ५८ पुगेको छ ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई सय ५८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका ८ र मकवानपुरका एक गरी नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । यसअघि बिहीबार मात्रै थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंका ३२ वर्षिय पुरुष र ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीय युवती, धादिङ ३० महिला, कपिलवस्तुका ६ वर्षिया बालिका तथा भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षिय पुरुषमा कोराना संक्रमण देखिएको थियो । हालसम्म २ सय ७ पुरुष र ४८ महिलामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभर गरेर २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । त्यसैगरी १५ हजार ६ सय जना क्वारेन्टाइनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);