विदेशीको भर नपरी आफ्नै उत्पादन बढाऔं : अर्थविद (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

विदेशीको भर नपरी आफ्नै उत्पादन बढाऔं : अर्थविद (भिडियो सहित)

पुजा बेलवासे 

काठमाडाैं, ३१ वैशाख ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ठूलो असर पारिरहेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि ठुलो प्रभाव पारेको छ । अर्थतन्त्रसंग जोडिएका विभिन्न क्षेत्रमा धेरै असर पर्न गएको छ । बैकिङ क्षेत्र, जलविद्युत, पूर्वाधार निमार्ण, कृषि जस्ता क्षेत्रमा असर परेको छ ।
नेपाल सरकारले चैत्र ११ गतेबाट गरेको लकडाउनले निकै नै प्रभाव पारेको छ । कोरोना भाइरसले अहिलेको अवस्थामा कस्तो असर पारेको छ , र भोलीको दिनमा कस्तो असर पर्न सक्छ भन्ने विषयमा विजनेश प्लस टेलिभिजनकी पुजा बेल्वासेले डा.अर्थविद् चन्द्रमणि अधिकारी र नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश अग्रवालसँग गरेको कुराकानी ।

डा.चन्द्रमणि अधिकारी– बरिष्ठ अर्थविद्
विश्वको अर्थ व्यवस्थालाई कोरोना भाइरसले असर गरेको छ । त्यसको प्रभाव नेपालको अर्थ व्यवस्थामासमेत परेको छ । तर कति कम वा बढी प्रभाव पर्छ भन्ने कुरा हाम्रो अर्थ व्यवस्थाको चरित्रमा निर्भर गर्छ । हाम्रो अर्थ व्यवस्थाको चरित्र हेर्दा मुलतः कृषिमा आधारित भएको अझै पनि २७ देखि २८ प्रतिशत योगदान कृषिमा रहेको र अनौपचारिक अर्थतन्त्रको ठूला हिस्सा आर्थिक क्रियाकलाप अनौपचारिक ढंगले ६० प्रतिशत भन्दा बढि छ ।

भर्खरै केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार करिब ६२ प्रतिशत आर्थिक क्रियाकलाप अनौपचारिक क्षेत्रमा हुने अवस्था छ । जुन विकसित राष्ट्रहरुको भन्दा त्यो गहिराईमा नपार्न सक्छ । जसले ती क्षेत्रहरुमा हामीलाई उनीहरुको भन्दा पनि बढि प्रभाव पर्न सक्छ । जस्तै उर्जाशिल उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत र अनौपचारिक क्षेत्र अप्रत्याशित योगदान समेत जोड्ने हो भने नीजि क्षेत्रको अनुसार ११ प्रतिश्तसम्म योगदान भएको अवस्थामा ट्राभल एण्ड टुरिष्टमा एक ढंगले ९० प्रतिशत भन्दा बढि अहिले बन्द भएको अवस्था छ ।

यस्तै गरि अर्को क्षेत्र वैदेशिक रोजगारी, बैदेशिक रोजगारी बाट आय रेमिट्यान्स, विप्रेषण आय अहिले २६ प्रतिशत रहेको अवस्था छ । कुनै बेला ३१ प्रतिशत सम्म रहेको थियो । अहिले ठूलो मात्रामा वैदेशिक रोजगारी गुमाएको र पर्यटन क्षेत्रसँग सम्बन्धित उत्पादनका क्षेत्रहरु प्रभावित भएको अवस्थामा छ । वैदेशिक मुद्रामा पनि करिब २० प्रतिशतले कटौति हुने अनुमान छ । यस किसिमले हाम्रो अर्थतन्त्रका विभिन्न क्षेत्रमा असर पर्ने देखिएको छ ।

कमलेश अग्रवाल– उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
विशेष गरी पर्यटन क्षेत्रको जिडीपीमा ३ प्रतिशतको योगदान छ । उद्योग क्षेत्रको ६ प्रतिशत छ । थोक तथा खुद्रा व्यवसाय जसको १५ प्रतिशत छ । यस्तै यातायात क्षेत्रको ७ प्रतिशत छ । चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा गएसंगै अहिले यी क्षेत्र ऋृणात्मक रहेका छन् ।
लकडाउन निरन्तर रहँदा नीजि क्षेत्रको उद्योग व्यवसाय अत्यन्तै ऋृणत्माक अवस्थामा पुगिसकेको छ । अहिले दैनिक २ अर्ब जतिको क्षति भइरहेको अनुमान गरिएको छ । अब भइरहेको क्षतीमा ब्याज प्रमुख हो ।

जुन ४५ प्रतिशत झण्डै झण्डै ९० करोड प्रतिदिन नीजि क्षेत्रको ब्याज बैंक तथा वित्तीय क्षेत्रलाई बुझाउनु पर्ने अवस्था आएको छ । आम्दानी भने पुरै लकडाउन नै भएको छ । दैनिक २ अर्ब क्षतिमा झण्डै ३५ प्रतिशत तलब खर्चको रुपमा आइरहेको छ । नीजि क्षेत्रलाई यसले झनै समस्यामा पारेको छ ।

बाँकी, कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।