आरोग्य फाउन्डेसन र निदान अस्पतालमा गरियो सिल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

आरोग्य फाउन्डेसन र निदान अस्पतालमा गरियो सिल (भिडियोसहित)

nidan hospital and aarodha

काठमाडौं, ३१ वैशाख । ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ ।

मंगगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए । सो प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ ।

परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली प्रतिष्ठान पुगेर ड्राइभर र कर्मचारीको सम्पर्कमा आएका प्रतिष्ठान र अस्पतालका विभिन्न कर्मचारीहरुको स्वाब लिएको बताइएको छ । यस्तै ड्राइभरको सम्पर्कमा आएका र सो एम्बुलेन्स प्रयोग गरिएकाहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । यसैगरी भक्तपुरका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि शंखधर चोक वरपर सिल गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);