आप्रवासीलाई नेपाल ल्याउन सरकारसंग सांसद भण्डारीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

आप्रवासीलाई नेपाल ल्याउन सरकारसंग सांसद भण्डारीको आग्रह

damodar bhandari

काठमाडौं, ३० वैशाख । सांसद दामोदर भण्डारीले विदेशीभूमिमा रहेका सम्पूर्ण नेपालीलाई नेपाल ल्याउन सरकारसंग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबार बैठकमा बोल्दै भण्डारीले कोरोना भाईरसका कारण लाखौ नेपाली विदेशीभूमिमा खान नपाई बस्नु परेको बताउनु भएको छ । कोरोनाबाट जोगिन नेपालीहरु विदेशमा नै क्वारेनटाइनमा छन् । कतिपय बेरोजगार पनि भईसके । बेरोजगार भएकाहरु नेपाल फर्कन चाहन्छन् तर विश्व नै लकडाउनमा भएका कारण यो सम्भब भईरहेको छैन । यस्ता आप्रवासी नेपालीहरुको दु: ख मा मलम लगाउने दिन आईसकेको छ । त्यसैले विदेशीभूमिमा रहेका नेपाल आउन चाहने सम्पूर्ण नेपालीलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनु भएको हो ।