काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले सीमानामा काँडेतार वा पर्खाल लगाउन उचित हुने बताउनु भएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले भूमि मिचिएको विषयमा सरकारले कोरोनालाई देखाएर पन्छन नमिल्ने बताउनु भयो ।
भारतसँगको खुल्ला सीमाका कारण विभिन्न समयमा समस्या आइरहने गरेको भन्दै नेता नेपालले सीमामा काँडेतार र पर्खाल लगाउनेसम्मका काममा सरकार अघि बढ्नुपर्ने बताउनु ।