स्वास्थ्य क्षेत्र अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : विशेषज्ञ चिकित्सकहरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

स्वास्थ्य क्षेत्र अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : विशेषज्ञ चिकित्सकहरु (भिडियोसहित)

काठमाडौं, २८ वैशाख । स्वास्थ्य क्षेत्रमा अझै पनि सर्वसाधारणको पहुँच छैन । दुर्गम क्षेत्रमा उपचार नपाएर सर्वसाधारणका समस्याहरु ज्युँका त्युँ छन् । शहरी क्षेत्रमा विरामीका लागि उपचार पद्धति कि महंगो छ कि लापरवाहीको शिकार भइरहेका छन् । सरकारले ग्रामिणदेखि शहरसम्म सर्वसुलभ स्वास्थ्यका योजना ल्याएको छ । कति रोगको निशुल्क उपचारको सुविधा दिने भनिएको छ । तर, अझै कार्यान्वयन हुन सकेको छैन ।

यो अबस्थामा सरकारले वजेट अधिवेशन मार्फत नयाँ कार्यक्रम ल्याउन लागेको वताइरहेको छ । तर, सरकारले कसरी स्वास्थ्य क्षेत्रलाई सुधार गर्न सक्छ ? स्वास्थ्यलाई कसरी आधुनिकरण वनाउने ? यिनै बिषयमा हामीले केहि विशेषज्ञ चिकित्सकसंग छलफल गरेका छौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, पाटन राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति डा. अर्जुन कार्की र व्यवसायी तथा मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतो र फोरम फर पव्लिक भ्वाइसका संयोजक एवं सुचना आयोगका पुर्व प्रमुख आयुक्त कृष्णहरि वास्कोटाद्धारा माउण्टेन टेलिभिजनको ‘फोरम फर पव्लिक भ्वाइस’ कार्यक्रममा व्यक्त विचार ।

डा. अर्जुन कार्की– पुर्व उपकुलपति, पाटन राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान
आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा सरकार जुटेको छ । यसैमा अहिलेको बजेट कुन क्षेत्रलाई महत्व दिनुपर्छ भन्ने चासो सबैमा रहेको छ । यसैगरि, स्वास्थ्य क्षेत्रमा अहिलेको बजेटले कति प्राथमिकता दिनुपर्छ भन्ने विषयमा बजेटको सीमा अनुसार कार्यक्रम ल्याउनुपर्छ । स्वास्थ्य क्षेत्र सुधार गर्न डिजाईन तथा राष्ट्रिय क्षमतामा भएका समस्यालाई समाधान गर्नु आवश्यक रहेको छ ।
स्वास्थ्यकर्मीलाई उत्प्रेरणा दिन जरुरी छ । सरकारले स्वास्थ्य क्षेत्रलाई समाजको एक हिस्सा मान्नुपर्छ । सामाजीक र आर्थिक क्षेत्रमा सुधार नभै स्वास्थ्य क्षेत्र सुधार हुँदैन ।

डा. भगवान कोइराला– अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
आगामी आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । हालको ऐन नियम अनुसार स्वास्थ्य क्षेत्र नचल्ने अवस्था छ । स्वास्थ्य संवेदनशील विषय भएको हुँदा सरकारले त्यहि अनुसारको व्यवस्था गर्नु आवश्यक छ ।
बजेटले स्वास्थ्य क्षेत्रको लागि बजेट ल्याएपनि देशमा आवश्यक पर्ने उपकरणको अभाव छ । आगामी दिनमा सरकारले दक्ष चिकित्सक बनाउन पढाईको गुणस्तरमा ध्यान दिनुपर्छ । नीजि क्षेत्रले अनुसन्धानको लागि अन्तराष्ट्रिय स्तरमा जान अनिवार्य छ । सरकारले स्वास्थ्य क्षेत्रमा अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।

उपेन्द्र महतो– व्यवसायी तथा अध्यक्ष, नेपाल मेडिसिटी अस्पताल
कुनै पनि व्यक्ति स्वास्थ्य क्षेत्र प्रति संवेदनशिल छ र कति शिक्षित हुनुपर्छ भन्ने कुरा अहिले फैलिएको कोरोना भाइरसवाट जोगिन सचेतनाले प्रष्ट पारेको छ । पैसा हुनेहरुलाई ठुलो पदमा हुनेहरुलाई राम्रो ठाउमा गएर उपचार गराई हालिन्छ भन्ने विश्वास भएको हुनाले स्वास्थ्य क्षेत्रमा लगानी आवस्यक छ । लगानी वढाउनुपर्छ ।

स्वास्थ्य क्षेत्रमा लगानी नगर्ने सरकारले सुधारका काम गर्न सक्दैन । स्वास्थ्य क्षेत्रको लगान बढाउनुपर्छ । बजेट मार्फत नेपाल सरकारले पहिलो पटक स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन्छ भन्ने विश्वास छ । बजेटमा स्वास्थ्य क्षेत्रको लगानीलाई ध्यान दिनुपर्छ ।
छलफलको विस्तृत विवरण तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);