कोरोनाको कहरमा अनुसन्धान गर्ने संस्था बेखबखर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

कोरोनाको कहरमा अनुसन्धान गर्ने संस्था बेखबखर (भिडियोसहित)

काठमाडौं, २७ वैशाख । कोरोना महमारीपछि विश्व जगतमा थुप्रै स्वास्थ्य अनुसन्धान भइरहेका छन् । अनुसन्धानको आधारमा कोरोना विरुद्धको लडाइमा लडिरहेका छन् । नेपालमा पनि स्वास्थ्यको विषयमा अनुसन्धान गर्ने संस्थाहरु छन् । तर, अनुसन्धान गर्ने संस्थाहरु कोरोनाको कहरमा पनि बेखबखर जस्तै छन् ।

राज्यलाई स्वास्थ्यको विषयमा अनुसन्धान गरेर नीति निर्माणमा योगदान दिनका लागि बनेका यी संस्थाहरु गुमनाम बनेका हुन् । महामारीको समयमा राज्यलाई नीति र योजना बनाउनका लागि यस्ता संस्था विज्ञ सल्लाहकारको हैसियतमा हुने भएपनि सम्वद्ध स्वास्थ्य अनुसन्धान केन्द्रहरुको अत्तोपत्तो छैन ।

विपत्तिको बेलामा यस्ता संस्था स्वतः सक्रिय हुनुपर्ने विज्ञहरुको प्रतिक्रिया छ । यसै विषयमा जनस्वास्थ्यविद् प्रा. डा. शरद वन्त जनस्वास्थ्यविद् र इपिडिमियोलोजिष्ट प्रा.डा. सुजन मरहठासँग गरिएको कुराकानी प्रस्तुत छ ।