दिगो विकासको लक्ष्य हासिल हुने नीति तथा कार्यक्रम तय गर्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

दिगो विकासको लक्ष्य हासिल हुने नीति तथा कार्यक्रम तय गर्न सुझाव

digo bikash

काठमाडौं, २६ वैशाख । राष्ट्रियसभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सरकारलाई सुझाव दिएको छ ।

शुक्रबार समितिले विज्ञ र सांसदहरुसँगको छलफलपछि दिगो विकासको निर्धारित लक्ष्य हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव दिएको हो । समितिकी सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोरोना भाइरस विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला भएको बताउनुभयो ।

छलफलमा वातावरण विज्ञहरुले नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवद्र्धन गरी डिजेल, पेट्रोलको प्रयोग घटाउने र ठूलो होटलहरुको सट्टा होम स्टेहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी छलफलमा सांसदहरुले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेकोले त्यसलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए ।

सांसदहरुले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालन तर्फ ध्यान दिन सकेमात्रै प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न सकिने समेत बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);