संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

sanghiya samsadh

काठमाडौं, २६ वैशाख । आजदेखि संसदको वर्षे अधिवेशन अर्थात बजेट अधिवेशन सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएको थियो । कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ । पत्रकारलाई कलम र डायरी लिनसमेत बन्देज गरिएको संसद सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);