नागढुंगा नाकामा जनप्रतिनिधिको निगरानी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नागढुंगा नाकामा जनप्रतिनिधिको निगरानी

अप्सरा गौतम

काठमाडौं, २५ वैशाख । लकडाउनको व्यवस्थापन गर्न सबैभन्दा गाह्रो ठाउँ संघीय राजधानी काठमाडौं हो । लकडाउन भनिएता पनि यहाँबाट मानिसहरु बाहिर जाने र बाहिरका मानिस काठमाडौं भित्रिने क्रम रोकिएको छैन ।

अहिलेसम्म यहाँ कोरोनाको जोखिम ह्वात्तै बढिहालेको छैन । तर, बढ्यो भने सम्हाल्न सजिलो छैन । करीब डेढ महिनायता उपत्यकामा व्यापार व्यवसाय ठप्प छ । उद्योगधन्दा र विद्यालयहरु बन्द छ । तैपनि यहाँबाट मानिसहरु बाहिरिने र भित्रिने क्रम रोकिएको छैन । अत्यावश्यक काम परी बाहिरी जिल्लाबाट आएका मानिसहरुलाई पनि एउटा थर्मलगनले तापक्रम नापेर र सवारी साधनबाहिर स्यनिटाईज गरेर उपत्यकामा प्रवेश गराईएको छ ।

जसले गर्दा उपत्यकामा भाईरस फैलने सन्त्रास उत्तिकै बढेको छ । सन्त्रास बढेसँगसँगै जनप्रतिनिधिहरु नाकाबाट गाडी आवतजावतलाई अनुगमन गर्न आफै सडकमा उत्रिएका छन् । नगरवासीहरुको निरन्तर दबाबपछि जनप्रतिनिधिहरु अहिले नाकामा भित्रिएको सवारी साधनको निगरानीका लागि काठमाडौं थानकोट नागढुंगामा सकृय देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);