एजेन्सी, २३ वैशाख । बलिउड नायक आमिर खानले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेको खबर केही दिनयता सामाजिक सञ्जालमा फैलिएको छ ।
जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक सञ्जालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।
तर, नायक आमिरले यस विषयमा स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झूट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैनन् ।