एजेन्सी, २१ वैशाख । इंग्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ । अहिलेसम्मको योजना अनुसार एफ ए कपको फाइनल अगष्टको पाँच या ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ ।
एफ ए का प्रमुख कार्यकारी मार्क बलिङघमले यो सिजन सुचारु नभएको खण्डमा एक सय मिलियन पाउण्ड गुमाउने पक्का भएको जनाएका छन । यो सिजनको अन्तिम खेलका रुपमा एफ ए कपको फाइनल हुनेछ ।
कोरोनाका कारण राकिएको प्रिमियर लिग सुचारुका लागि कुन प्रतियोगिता कुन समयमा गर्ने र कसरी गर्ने भन्ने तयारी भएको जनाइएको छ । आर्थिक समस्याका कारण इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले एक बर्षको एक मिलियन तलव कटौती गरिसकेका छन ।
यस्तै पदाधिकारीले पनि १५ प्रतिशत तलव नलिने घोषणा गरिसकेका छन ।एफ ए कपका सात वटा खेल खेल्न बाँकी रहेकोछ । अहिले क्वारटफाइनल चरणमा रहेको एफ ए कपका बाँकी सबै खेल वेम्ले रंगशालामा खेलाउने तयारी भइरहेको छ ।
प्रतियोगिताको क्वाटरफाइनलमा लेस्टर र चेल्सी, न्यूक्यासल र म्यानचेस्टर सिटी, सेफिल्ड र आर्सनल तथा नोर्वीच र म्यानचेस्टर युनाइटेड भिड्ने छन् ।