एजेन्सी, २१ वैशाख । खाना र पानी अभाव भएको भन्दै भेनेजुएलाको एउटा जेलमा भएको झडपमा ४० जनाको मृत्यु भएको छ ।
पश्चिमी गुनारे सहरको लस लानोस जेलमा झडप भएकोे हो । घटनामा जेलका कर्मचारीसहित गभर्नर पनि घाइते भएका छन् । जेलमन्त्री इरिस भरेलले जेलमा रहेका कैदीहरुबीच झडप भएको पुष्टि गर्नुभएको हो । यदपी अधिकारीहरुले भने उक्त घटना जेल तोड्ने प्रयासका रुपमा उल्लेख गरेका छन् ।
अधिकांश जेलका बन्दी आफन्त र परिवारले ल्याएका खानामा निर्भर हुने गरेकामा कोरोना भाइरसको संक्रमण रोक्न आफन्त भेटघाटमा रोक लगाइएपछि खाना र पानीको अभाव भएको भन्दै बन्दीहरु आक्रोशित भएको बताइएको छ ।