कोरोना भाइरस: ३४ लाख ८३ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या २ लाख ४४ हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

कोरोना भाइरस: ३४ लाख ८३ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या २ लाख ४४ हजार पुग्यो

corona

काठमाडौं, २१ वैशाख । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ८३ हजार १ सय भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमित मध्ये २ लाख ४४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । ११ लाख ८ हजार ८ सय भन्दा बढी उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ६० हजार बढी संक्रमित हुँदा ६७ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार हुंदा मृतकको संख्या २८ हजार ७ सय नाघेको छ । बेलायतमा १ लाख ८२ हजार बढी कोरोना संक्रमित र २८ हजारको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६८ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय नाघेको छ । यस्तै जर्मनीमा १ लाख ६४ हजार ९ सय संक्रमित र ६ हजार ८ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ४० हजार संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार बढी छ भने ४ सय ४० जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);