बुन्डेसलिगा मे १६ सम्म संचालन नहुने पक्का | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

बुन्डेसलिगा मे १६ सम्म संचालन नहुने पक्का

BUNDESLIGA

काठमाडौं, १९ वैशाख । जर्मनीको राष्ट्रिय लिग फुटबल लिग बुन्डेसलिगा मे १६ सम्म संचालन नहुने पक्का भएको छ ।

लिग फुटबल पुन संचालन गर्ने विषयमा सरकारी समितिले छलफलको मिती पछाडी सारेपछि बुन्डेसलिगा मे १६ सम्म संचालन नहुने पक्का भएको हो । जर्मन फुटबलले बुन्डेशलिगा आगामी मे नौ तारिखबाट संचालन गर्न सरकार संग अनुमति मागेको थियो ।

तर सरकारी निकायले छलफलको मिती नै सारेको छ । सरकारी समितिले आगामी बुधबारमात्र भेट गर्ने भनेपछि बुन्डेशलिगा सुरु हुने मिति टुंगो लाग्न नसकेको हो । बुन्डेसलिगा क्लवहरु प्रशिक्षणमा फर्किसकेका छन् । उनीहरुले पनि अर्को साताबाट लिग सुरु हुने अपेक्षा गरेका थिए । जर्मनीमा कोरोनाका संक्रमण नरोकिएपछि सरकारले लकडाउनको नियम अझ कडा पार्ने तयारी गरेको छ ।

बुन्डेसलिगा सुरु गर्नका लागि सरकार पुर्ण रुपले आस्वस्थ हुनु पर्न छ । कोरोना भाइरसको समस्याका विच लिग फुटबल संचालन गर्न  जर्मन फुटबल संघले विभिन्न  नियम बनाएको छ । जसमा खेलाडीले कसरी प्रशिक्षण गर्ने, खेल खेल्दा कस्तो नियम पालना गर्ने, यदि यो सिजन सकिनुभन्दा अगाडी खेलाडीलाई कोरोनाको संक्रमण देखिएमा के गर्ने भन्ने जस्ता बुदाँहरु रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);