एजेन्सी, १८ वैशाख । कोरोना भाइरसका त्रासका कारण प्रिमियर लिग खेल्न नमान्ने खेलाडीको संख्या बढ्न थालेको छ ।
संक्रमणको डरले मार्च देखि स्थगित रहेको प्रिमियर लिग सुचारु गर्न क्लवहरुले चाहिरहेपनि केहि खेलाडी सहभागिताका लागि डराईरहेको इएसपीएनले जनाएको छ । मार्च १३ तारिखबाट स्थगित भएको प्रिमियर लिगका केहि क्लवका खेलाडीले कोरोनाको डर कायमै हुँदा नखेल्ने बताएका छन् । इएसपीएनले प्रिमियर लिगका क्लवको स्रोतको प्रयोग गर्दै धेरै खेलाडीहरु अहिलेको अवस्थामा लिग नखेल्ने अवस्थामा पुगेको बताएको छ ।
उनीहरुले अहिले हल्का रुपमा लिएपनि यदि कुनैपनि क्लवको खेलाडी वा पदाधिकारीको ज्यान गएमात्र गम्भिर हुने अवस्था रहेको बताएका छन । इट्ली, स्पेन र जर्मनीमा जस्तो प्रिमियर लिगले खेलाडीको प्रशिक्षणका लागि कुनै नियम बनाएको छैन । तर आर्सनल, टोटनह्याम जस्ता ठुला क्लवले प्रशिक्षण सुरु गरिसकेका छन । खेलाडीले सरकारले सामाजिक दुरीको नियम कायम राखेका बेला प्रतिस्पर्धामा उत्रनु उचित नहुने र त्यसले मनमा झन् डर पैदा गर्ने बताएका छन् ।