एजेन्सी, १८ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार २ लाख २८ हजार भन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमित ३२ लाख १८ हजार १ सय मध्ये १० लाख ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन । अमेरिकामा १० लाख ६४ हजार १ सय जना कोरोना संक्रमित हुँदा ६१ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ जना संक्रमित भएका छन भने २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ९१ पुग्दा मृतकको संख्या २७ हजार ६ सय ८२ पुगेको छ । यसैगरी फ्रान्समा १ लाख ६६ हजार ४ सय २० जना संक्रमित छन् भने २४ हजार ८७ जनाकोे मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ६१ हजार ५ सय ३९ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ४ सय ६७ पुगेको छ ।
त्यस्तै बेलायतमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित हुदा २६ हजार ९७ जनाको मृत्यु भएको छ । भारतमा ३३ हजार ६२ जना संक्रमित हुंदा १ हजार ७९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा संक्रमितको संख्या १५ हजार ५ सय २५ पुग्दा ३ सय ४३ जनाको मृत्यु भएको छ ।