काठमाडौं, १६ वैशाख । कोरोना भाइरस विरुद्ध लड्न र यसको नियन्त्रण गर्न युरोपेली युनियन ईयूले नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिमा ईयूले नेपाललाई ७ करोड ५० लाख युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ सहयोग दिने उल्लेख छ ।
ईयूले दिन लागेको उक्त सहयोगमा ५५ मिलियन युरो अर्थात् करिब ७ अर्ब २६ करोड ८३ लाख ८७ हजार रुपैया पहिले नै सहयोगको लागि प्रतिबद्धता गरेको रकमबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई गर्न दिन लागेको हो । यस्तै, २० मिलियन युरो अर्थात् करिब २ अर्ब ६४ करोड ३४ लाख ७९ हजार भने ईयूले सहयोगको रुपमा नया प्रतिबद्धता गरेको हो ।
विज्ञप्ति अनुसार ईयूले झन्डै १५ अर्ब रुपैया विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको छ । उक्त सहयोग कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरुका लागि हो ती मुलुकहरुमध्ये नेपाल एक हो ।




