कोरोनाको असरले नेपालका तारे होटल पूर्ण रुपमा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोनाको असरले नेपालका तारे होटल पूर्ण रुपमा बन्द

hotel radisson

काठमाडौं, १५ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको एक महिना भन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ । देशका सबै क्षेत्रहरु ठप्प छन् । सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । देशभर सञ्चालनमा रहेका होटलहरु पनि पूर्ण रुपमा बन्द छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ । पर्यटन क्षेत्रको होटल व्यवसाय त झनै ठप्प नै भएको छ । नेपालका तारे होटल, रिसोर्ट, होमस्टे लगायत सबै पूर्ण रुपमा बन्द छन् ।

यसबाट होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा समेत बढेको छ । लकडाउनका कारण सबै उडानहरु स्थागित भएको र पर्यटकहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायको अर्बौको लगानी जोखिममा परेको छ । नेपालमा १५ भन्दा बढी पाँचतारे , ८ वटा चारतारे , ३७ वटा तीनतारे, ४३ वटा दुईतारे र ३३ भन्दा बढी एकतारे होटल सञ्चालनमा ।

यसबाहेक देशभर साढे दुइसय भन्दा बढी होमस्टे र पर्यटक स्तरका १ हजार १ सय भन्दा बढी होटलहरु छन् । व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्न समेत होटल व्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ । होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो संकटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन् ।

पर्यटन वर्ष २०२० मा धेरै पर्यटक ल्याउन ठूलो लगानी गरेका होटल व्यवसायीहरु अझ बढी समस्यामा छन् । सरकारले होटल क्षेत्रका लागि उचित समयमै उचित राहत दिन नसके खर्बाैं रुपैयाँ लगानी भएको होटल क्षेत्र बन्द हुने मात्र नभई नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ । यसबाट देशले खर्बौंको आम्दानी गुमाउने मात्र नभई लाखौं नागरिको रोजगारी समेत गुम्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);