एजेन्सी, १६ वैशाख । युरोपेली फुटबल महासंघ यूईएफएले कोरोना भाईरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । यूईएफएले आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
यूईएफएले आफ्ना सदस्य राष्ट्रलाई सहयोग गर्न २३६.५ मिलियन युरो निकासा गरेको जनाएको छ । यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो पाउने पाउने छन् । कोरोनाको महामारीपछि फुटबलका आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने यूईएफएले जनाएको छ । यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि कोरोना भाईरसबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि आर्थिक सहयोगको घोषणा गरिसकेको छ । फिफाले हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर दिने बताएको छ ।