आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द

BAITHAK 1

काठमाडौं, १३ वैशाख । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो ।

समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरेपनि लक डाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।

लक डाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उहाँले बताउनुभयो । लक डाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव विडारीले जानकारी दिनु भयो ।

प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ । लक डाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समिक्षा भएको सचिव विडारीले बताउनुभयो ।

अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको र स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पु¥याउन सकिने अवस्थामा सरकार रहेको उहाँको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);