कच्चा तेलको मूल्य पहिलोपटक शून्यभन्दा पनि तल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कच्चा तेलको मूल्य पहिलोपटक शून्यभन्दा पनि तल

crude oil

एजेन्सी, ९ वैशाख । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलोपटक शून्यभन्दा पनि तल झरेर ऋणात्मक भएको छ । अमेरिकी कच्चा तेलको माग घटेको र भण्डारण गर्न नसकिने अवस्था आएपछि मूल्यमा भारी गिराट आएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कच्चा लेलको मुल्यमा गिरावट आउनुमा लकडाउनले गर्दा विश्वभर सडक र हवाई यातायात प्राय ठप्प भएको र मानिसहरु पनि घरभित्रै बसिरहेको प्रमुख कारण मानिएको छ ।

भण्डारण गर्ने ठाउँ नभएपछि तेल कम्पनीहरुले ट्यांकर भाडामा लिएर समेत जगेडा गर्न थालेका छन । तर, यसको असर अमेरिकाको कच्चा तेलको मूल्यमा परेर शून्यभन्दा पनि तल झरेको छ ।

अमेरिकाकी तेलको मुल्य तोक्ने प्रमुख निकाय वेस्ट टेक्सस इन्टरमिडियट डब्लू टी आईले मूल्य घटेर माइनस ३७ दशमलव ६३ डलर प्रतिब्यारेल पुगेको जनाएको छ । यो गिरावटको असर विश्वभरका तेल बजारमा पनि परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेलको मूल्य सही बाटोमा ल्याउने दाबी गर्नु भएको छ । ट्रम्पले कच्चा तेलको मूल्य पहिलोपटक ऋणात्मक भएको मौकामा करिब ७ दशमलव ५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहेको बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);