बागलुङ, ९ वैशाख । कोरोना भाइरसले बिश्व ब्यापि रूपमा सनसनी मच्चाइरहेको समयमा बागलुङ नगरपालिका भित्र सरसफाइको काम गर्दै आएको सहकारीले जनचेतनामूलक सन्देश बजाउँदै फोहोर संकलन गरिरहेको छ ।
बागलुङ नगरपालिका संग सहकार्य गरेर धौलागिरि फोेहोर तथा वातावरण सहकारी संस्थाका कर्मचारीले दैनिक रूपमा फोहोर संकलन गर्दा नगरबासी लाई जनचेतनामूलक सन्देश सुनाउँदै फोहोर संकलन गरिरहेको छ । लकडाउनको समयमा स्थानीय घर भित्रै वस्दा फोहोर वढी उत्पादन हुने गरेकोले फोहोर संकलन गरिरहेको सहकारीले जनाएको छ ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन आफुहरु लागिपरेको सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बताउनु भयो ।
सहकारीले अत्याधिक फोहोर जम्मा हुने अस्पताल, फलपूmल तथा तरकारी पसलहरुमा रहेको फोहोरलाई प्रथामिकता दिएको छ । लकडाउनमा पनि निरन्तरता दिँदा सहज भएको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले बताउनु भयो ।
नगरपालिकाले उपलव्ध गराएको फोहोर उठाउने गाडी विग्रिएपछी भाडामा गाडी व्यवस्थापन गरेर फोहोर संकलन गर्न सहयोग गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।