सरकारले जवाफदेहिताको गति नबढाए भयावह स्थिति आउँछ : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

सरकारले जवाफदेहिताको गति नबढाए भयावह स्थिति आउँछ : कांग्रेस

nepali congress

काठमाडौं, ५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनपछि पैदलै गाउँ जान बाध्य भएका मजदुरलाई सुरक्षित ढंगले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेको छ ।

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस बिज्ञप्ति जारी गर्दै पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको हो ।

बिज्ञप्तिमा अहिले बसिरहेको ठाउँमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नभएकाले सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग चाहिने भन्दै पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको माग गरिएको छ ।

त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि परीक्षणको दायरा व्यापक बनाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ। सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसके मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी पनि कांग्रेसले सरकारलाई दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);