ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

brazil swasthamantri

एजेन्सी, ५ वैशाख ।  ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने काममा विवाद भइरहेको बेला उनलाई पटबाट हटाइएको हो ।

स्वास्थ्यमन्त्री मनडेटाले कोरोना संक्रमण फैलिन नदिने उपायबारे एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

तर, ब्राजिलका राष्ट्रपति भने यी कुराहरुबाट सहमत छैनन् । लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने उनको भनाइ छ ।

दुवैको काम गराईको तरिका बाझिएपछि स्वास्थ्यमन्त्री बर्खास्तीमा परेका हुन् ।  स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);