कपिलवस्तु, १ बैशाख । कपिलवस्तुमा आईतवार सम्ममा १ सय ३३ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न पालिकाले तयार पारेको क्वारेन्टाइनमा रहेकाका १ सय ३३ जनाको र्यापिड टेस्ट गरिएको हो ।
आइतबार बिजयनगरमा ६३, मायादेबीमा १७, शुद्धोधनमा १६, कृष्णनगरमा ८, कपिलवस्तु नगरपालिकामा ५, बाणगंगामा ४ र शिवराज नगरपालिमामा २ जनाको टेस्ट भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो ।
क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको पनि उहाँले बताउनु भयो । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निर्देशानलयले कोभिड डाईग्नोटीस्क टेस्ट किट जिल्लामा पठाएको थियो ।