काठमाडौं, ३० चैत । सरकारले उपत्यकामा स्थापना भएका विभिन्न क्वारेन्टाइनहरुको स्थलगत अनुगमन गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको नेतृत्वमा आइतबार ललितपुर र भक्तपुरका क्वारेन्टाइनको अनुगमन गरिएको हो ।
भक्तपुरको तेलकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्र, खरिपाटीको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र, र बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेका क्वारेन्टाइनको अनुगमन गरिएको हो ।
यसैगरी ललितपुरमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेजमा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा क्वारेन्टाइनमा सरसफाई गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री मानन्धरले बताउनु भयो ।
ललितपुरको स्टाफ कलेजको क्वारेन्टाइन स्थलका लागि भौतिक पूर्वाधार बाहेक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने देखिएको छ । भक्तपुरको नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्रमा निर्माण भएको क्वारेन्टाइन भने तयारी अवस्थामा रहेको छ ।
शनिबार पशुपति क्षेत्रमा रहेको धर्मशालामा निर्माण भएको क्वारेन्टाइनको अनुगमन गरिएको थियो ।