कोरोना भाइरस: १६ लाखभन्दा बढी संक्रमित, मृत्यु हुने १ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

कोरोना भाइरस: १६ लाखभन्दा बढी संक्रमित, मृत्यु हुने १ लाख नाघ्यो

corona

एजेन्सी, २९ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण १६ लाख ९९ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जसमध्ये तीन लाख ७६ हजार ३ सय जनाभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमित मध्ये ११ लाख ५६ हजार भन्दा धेरैको उपचार भइरहेको छ भने १ लख २ हजार ७ सय ३४ भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा धेरै इटालीमामात्रै १८ हजारभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा पनि १८ हजारको मृत्यु भएको छ । अमेरिकापछि स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, फ्रान्समा कोरोना संक्रमणका कारण १३ हजारभन्दा बढकिो मृत्यु भएको छ । भारतमा दुई सय ४९ भन्दा धेरैको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);