राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्य लाभको कामना | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्य लाभको कामना

Bidhya-Bhandari

काठमाडौं, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाई कोरोना भाइरसको उपचार गराइरहेका बेलायती प्रधानमन्त्री जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारीले बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन्देश पठाई प्रधानमन्त्री जोन्सनको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न प्रधानमन्त्री जोनसन सक्षम हुने विश्वास पनि व्यक्त गनुृभएको छ ।

गत बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलायतका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदसँग टेलिफोन संवाद गरी दुवै देशमा रहेका आफ्ना नागरिकको सुरक्षा र बेलायती नागरिक फिर्ता लैजानेबारे कुराकानी समेत गर्नुभएको थियो ।