कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई सहयोग गर्छौं : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई सहयोग गर्छौं : कांग्रेस

congress

काठमाडौं, २५ चैत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठककले कोरोना भाइरसको महामारीसँग लडन सरकारसंग प्रर्याप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परिक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले पीपीइ, भेन्टीलेटर, परिक्षण किट लगायतका अपरिहार्य स्वास्थ्य सामग्रीको व्यवस्था छिटो गर्न पनि सरकारसंग आग्रह गरेको छ । बैठकले स्वास्थ्य समग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानविन गर्न पनि माग गरेको छ ।

बैठकमा कतिपय नेताहरुले सरकारले संकटका बेला सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न नसकेको आरोप समेत लगाएका थिए । सरकारको बेवास्ताका कारण सीमा क्षेत्रमा सयौं नेपाली विचल्लीमा परेको भन्दै उनीहरुलाई सुरक्षित र व्यवस्थित रुपमा नेपाल ल्याउने व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि लकडाउन बाहेक अर्को विकल्प नभएको भन्दै घरमै बस्नका लागि कांग्रेसले आम जनतासँग अपिलसमेत गरेको छ ।

कांग्रेसले पार्टीका कार्यकर्ताहरुलाई आ–आफ्नो ठाउँबाट जनताको सेवा र सुविधाका लागि सुरक्षित रुपमा जुट्न समेत आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);