काठमाडौं, २४ चैत । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो ।
औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो ।
हाल देश भर एआर्टी लिनेको संख्या १८ हजार ५ सय ५५ रहेको छ ।