प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा बीमा कम्पनीले ब्याज छुट दिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा बीमा कम्पनीले ब्याज छुट दिने

काठमाडौं, ११ चैत । बीमा कम्पनीहरुले प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा ब्याज छुट दिने भएका छन् । नियमनकारी निकाय बीमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । सहज अवस्था भइसके पश्चात १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिने निर्णय गरेकोहो ।

सरकारले मंगलबारदेखि एक हप्ताका लागि देशभर लक डाउन गरेपछि अत्यावश्यक क्षेत्रको सूचीमा रहेको बीमा कम्पनी पनि बन्द भएका छन् । सबै क्षेत्र लकडाउन गरेपछि मंगलबारदेखि बीमा कम्पनीहरुले सबै आफ्ना कार्यालयहरु बन्द गरेका हुन् ।

कोरोनाको प्रभाव रहेसम्म बीमा वापतको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज भने नलाग्ने भएको छ । यद्यपि बीमा कम्पनीहरुले भने अत्यावश्यक परेको अवस्थामा विद्युतिय माध्यमबाट बीमा शुल्क तिर्न सकिने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);