डाइभर्सिटी भिसा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

डाइभर्सिटी भिसा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

EMBASSY

काठमाडौं, ३ चैत । नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहे सन्दर्भमा अमेरिकी दूतावासले मंगलबारबाट लागू हुनेगरी डीभी र गैरआप्रवासी भिसाका लागि उपलब्ध गराइएको समय तत्कालका लागि रद्द गर्ने गरेको हो ।

भिसाका लागि यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ । आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार अघि बढाउन दूतावासले भनेको छ । दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);