शेयर बजारको कारोबार समय एक घण्टा थप | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

शेयर बजारको कारोबार समय एक घण्टा थप

stock_exchange_nepse

काठमाडौं, २ चैत । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरिएको हो ।

नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परिक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताउनुभयो । उहाँँले शेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेका र अन्तर्राष्ट्रिय पूँजी बजारकोे समय बढी हुनेगरेकोे अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र वोर्डको निर्देशन अनुसार कारोबारको समय थप गरेको उल्लेख गर्नुभयो ।

महाप्रवन्धक साउदले नेप्सेको कारोेबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गर्नुभयो । उहाँले समय बढाउँदा कारोबार रकम अझ बढ्न सक्ने अपेक्षा गरिएको बताउनुभयोे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);