खाना पकाउने ग्यास मौज्दात नराख्न सरकारको अपिल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

खाना पकाउने ग्यास मौज्दात नराख्न सरकारको अपिल

काठमाडौं, ३० फागुन । सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न अपिल गरेको हो ।

मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्याप्त भएकाले माग धान्न समस्या नहुने उल्लेख गर्नुभएको छ । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।

बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगम यस महिनाबाट नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);