ट्राफिक नियम उल्लंघन गर्ने २७ सय ३९ चालकलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्राफिक नियम उल्लंघन गर्ने २७ सय ३९ चालकलाई कारबाही

काठमाडौं, २९ फागुन । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्रै ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७ सय ३९ जना चालकलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै सडक र फुटपाथमा सवारी पार्किङ गर्ने २४० जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

यो अवधिमा लेन मिचेर सवारी चलाउने २ सय ३ जना र निषेधित स्थानमा हर्न बजाउने ६१ जना चालकमाथि पनि कारबाही भएको छ । पछिल्लो २४ घन्टाभित्र काठमाडौं उपत्यकामा भएका ३६ वटा सवारी दुर्घटनामा १५ जना सामान्य घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);