कोरोना भाइरसका कारण खनिज तेलको मूल्यमा भारी गिरावट | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

कोरोना भाइरसका कारण खनिज तेलको मूल्यमा भारी गिरावट

काठमाडौं, २६ फागुन । कोरोना भाइरसका कारण सिर्जित समस्याले खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११ दशमलव ४४ अमेरिकी डलर अर्थात् २५दशमलव ३ प्रतिशत गिरावट आएको छ।

लन्डनमा खनिज तेल प्रति ब्यारेल ३३ दशमलव ३३ अमेरिकी डलरमा कारोबार भएको छ।यो गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि १०दशमलव १ प्रतिशत गिरावट आएको छ ।

यो बिगत पाँच वर्ष यताकै सबैभन्दा ठूलो नोक्सानी हो। मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरू साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरूबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो।विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली सेयर बजारमा व्यापक गिरावट आएको छ।

मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको हो । अमेरिकी सेयर बजार पनि गत महिनाको तुलनामा १२ दशमलव २ प्रतिशतले घटिसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);