कोरोना भाइरस नियन्त्रणका लागि चेम्बरद्वारा विभिन्न सामाग्रीहरु सहयोग | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

कोरोना भाइरस नियन्त्रणका लागि चेम्बरद्वारा विभिन्न सामाग्रीहरु सहयोग

chamber sahayog6

काठमाडौं, २५ फागुन । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।

चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीरुरु उपलब्ध गराएको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरसको सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफुहरुले उपलब्ध गराएको सामाग्रीले सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर महेन्द्रमान श्रेष्ठले चेम्बरले उपलब्ध गराएको सामग्री कोरोनाको प्रवेश हुनसक्ने स्थानमा प्रयोग गरिने बताउनु भयो ।

त्यसैगरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले विमानस्थल जस्तोे संवेदनशिल क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामाग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो ।

चेम्बरले प्राइम किट प्रिमियम सेट, गाउन, एप्रोन,इन्फ्रारेड थर्मोमिटर लगायतका सामाग्रीहरु उपलब्ध गराएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);