प्रधानमन्त्रीकाे स्वास्थ्य लाभकाे कामना गर्दै प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

प्रधानमन्त्रीकाे स्वास्थ्य लाभकाे कामना गर्दै प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित

sanghiya samsadh

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रो पटक मृगौलाको प्रत्यारोण गर्नुभएका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोणको सफलताका र स्वास्थ्य लाभको कामना गरेको छ । सोमबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिँदै छ ।

यसअघि उहाँको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।