मलेसियाका नयाँ प्रधानमन्त्री मोहिद्दीन यासिनद्वारा सपथ | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

मलेसियाका नयाँ प्रधानमन्त्री मोहिद्दीन यासिनद्वारा सपथ

एजेन्सी, १८ काठमाडौं । मलेसियामा पूर्व गृहमन्त्री मोहिद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले केही दिन अघि राजीनामा दिएपछि राजा अब्दुल्लाह अफ पहाङले यासिनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका हुन्।

सन् २०१८ मा ऐतिहासिक विजयीका साथ उदय भएको महाथिरको सुधारवादी ’प्याक्ट अफ होप’ नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण उनले राजीनामा दिएका थिए।

राजीनामा दिएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गरेका थिए। तर महाथिरको त्यो प्रयास विफल भएको थियो। महाथिरले भने वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गरेका छन्।

शनिबार राजाले मोहिद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरे लगत्तै महाथिर र उनका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए।

मोहिद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिएका थिए। नयाँ प्रधानमन्त्रीको नियुक्ती र महाथिरको आरोपबीच मलेसियाको राजनीतिक थप बढ्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);