दिल्लीमा भएको हिंसात्मक प्रदर्शनमा २७ को मृत्यु, २५० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

दिल्लीमा भएको हिंसात्मक प्रदर्शनमा २७ को मृत्यु, २५० भन्दा बढी घाइते

delhi caa protest

एजेन्सी, १५ फागुन । भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनदेखि जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने २ सय ५० भन्दा बढी घाइते भएका छन् । नागरिकता सम्बन्धी नयाँ प्रावधानको विरोधमा प्रदर्शन भएको हो ।

बुधबार मात्रै प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरी र अर्ध सैनिक बलले गस्ती बढाएपनि सरकारको विरोधमा भएका प्रदर्शनहरु जारी छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन आग्रह गरेपनि प्रदर्शनहरु रोकिएका छ्रैनन् । जारी हिंसा नियन्त्रण गर्न असफल भएको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् ।

आलोचकहरुले भने नयाँ कानुनी व्यवस्थाले मुस्लिम समुदानयमाथि विभेद गरेको र भारतको धर्म्निरपेक्ष संविधानलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);