सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेश १ को नामाकरण हुन्छ : सोमनाथ अधिकारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेश १ को नामाकरण हुन्छ : सोमनाथ अधिकारी

झापा, १२ फागुन । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने बताउनु भएको छ ।

सोमबार झापाको बिर्तामोडमा भएको छलफलमा प्रदेश प्रमुख प्यासीले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने बताउनु भएको हो । उहाँले शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरणको काम अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुंग्याउने विश्वास व्यक्त गर्नुभयो । संघीयता नयाँ विषय भएकाले कार्यान्वयनमा केही अलमल देखिए पनि यसले गति लिएको उहाँको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);